झापाः मेचीनगर नगरपालिका–१३ बाट अबैध लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

अबैध लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका–१५ का २९ वर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय पवन कुमार वसाकलाई पक्राउ गरेको हो ।

मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा आएका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो ।

अबैध लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।



प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १३:३७