झापाः बाह्रदशी गाउँपालिका-३ स्थित बस बिसौनीबाट १३ ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २७ वर्षीय मिलन भुजेल रहेको प्रहरीले जनाएको छ ।

आज बिहान इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनसुन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, साउन २२, २०७७, २०:४०