झापा: झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा सोमबार साँझ आगलागी भएको छ ।

आगलागीबाट स्थानीय शिब प्रसाद प्रसाईको टिनको छाना भएको २ तले काठको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर जल्दा लत्ता कपडा, कागज पत्र, भांडा बर्तन र अन्नपात पुर्ण रुपमा जलेर नष्ट भएको झापाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

साँझ ६ बजेर ४० मिनेटमा लागेको आगो १ घण्टापछि दमकल, स्थानीय, प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको उनले बताए ।

आगलागीको वास्तवीक कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः मंगलबार, फागुन २७, ०७:०८