झापाः भद्रपुर नगरपालिका–५ झापा चौकमा आज दिउँसो कपास फ्याक्ट्रिमा आगोलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

झापा चौक स्थितमा स्थानीय राम चन्द्र सहनिले संचालन गर्दै आईरहेको कपास फ्याक्ट्रिमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी आई अचानक आगोलागी हुँदा कपास पेल्ने मेसिन थान १ तथा ५७ बोरा तयारी कपास पुर्ण रुपले जल्दा अन्दाजी १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आगोलागी स्थानीय नागरीक, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको उनले बताए ।



प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, २१:०५