झापाः भद्रपुर नगरपालिका–३ पैतिसलाइनमा मंगलबार राति कुखुराको फर्ममा आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कुल बहादुर बिष्टले संचालन गरेको बोईलर फर्ममा अचानक विद्युत सर्ट भई आगलागी हुँदा उक्त फर्मभित्र रहेका अन्दाजी एक सय पचास वटा बोईलर कुखुरा तथा फर्म पुर्ण रुपले जल्दा चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागी स्थानियबासी, नेपाल प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी कार्यालयका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, १२:३३