झापाः गौरादह नगरपालिका—३ बस्ने भक्त बहादुर बर्देवाको घरमा कौडा खेलीरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

उनीहरुबाट कौडा १६ थान कौडामा प्रयोग हुने पाउडर थान १ र नगद ६९ हजार ४ सय २० रुपैयाँसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेली रहेको अवस्थामा गौरादह नगरपालिका—२ बस्ने ३२ वर्षीय निर्मल थापा, गौरादह नगरपालिका—३ बस्ने ३५ वर्षीय अंकित कार्की, गौरादह नगरपालिका—३ बस्ने ३८ वर्षीय सुरेश भण्डारी, गौरादह नगरपालिका—४ बस्ने ३६ वर्षीय मोहन खरेल, गौरादह नगरपालिका—३ बस्ने ४६ वर्षीय भक्त बहादुर बर्देवा, कनकाई नगरपालिका—३ बस्ने ४० वर्षीय राम प्रसाद खतिवडा, ४२ वर्षीय ईश्वर खतिवडा, सोही नगरपालिका—७ बस्ने बर्ष ४६ को बिष्णु प्रसाद उप्रेती र दमक नगरपालिका—७ बस्ने ३८ वर्षीय निर बहादुर सुनुवार पक्राउ परेका छन् ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, १०:४८