झापाः मेचीनगर नगरपालिका–७ मा आज बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ जोरसिमलका ३० वर्षीय मनोज मेचे रहेका छन् ।

पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको ट्रकले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मेचेको उपचारका क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक चालक फरार भएकोले खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट ईट्टाभट्टाले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १७:४४