झापाः दमक नगरपालिका–१ हल्दार चोकस्थित मेनम राईको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय सबिन राई लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४० हजार ५ सय रुपैयाँ, ८ थान मोबाइल र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १७:४०