झापाः कन्काइ नगरपालिका–८ शितलचोकमा बुधबार बेलुकी भएको सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय राज कुमार राई रहेका छन् ।
प्रहरीका अनुसार पैदल हिडीरहेका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहित चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, १०:०२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook