झापाः मेचीनगर नगरपालिका–१५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय बिष्णु राजवंशी र १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ उनीहरुलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

बा ३८ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिणामको नियन्त्रीत लागुऔषध ब्राउनसुगर, नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतीय रुपैयाँ १ सय १० रुपैयाँ र मोवाइल २ थान बरामद भएको झापा प्रहरीका सूचना अधिकारीर प्रबक्ता प्रहरी नाउब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १२:०२