झापाः ६५ औ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय झापाले पनि मनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको प्रमुख अतिथी रहेको उक्त कार्याक्रममा सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, पूर्व प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष, सदस्य, प्रदेशस्तरिय र जिल्ला स्तरिय कमिटिका पदाधिकारीहरु, अमर प्रहरी परिवारका सदस्यहरु, उद्योग बाणिज्य संघ भद्रपुरका अध्यक्ष, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायत सहभागिता थियो ।

कार्यक्रममा बिभिन्न प्रहरी यूनिटहरुको लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।


यस्तै, अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान, तालुक १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्राप्त बहालवाला एवं पूर्व प्रहरी कर्मचारीको सन्ततीलाई छात्रवृति प्रदान गर्नुको साथै यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत मध्ये उत्कृट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार गरिएको थियो ।

साथै, ६५ औं प्रहरी दिवसको अवसर पारी आजै यस कार्यालयमा जिल्ला रेडक्रस सोसाईटी शाखा, भद्रपुरको सहयोगमा रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको छ । उक्त कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालय समेतमा कार्यरत ३२ जना प्रहरी अधिकृत एवं जवानले रक्तदान गरेका छन् ।

तस्विरहरुः


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १३:५०