झापाः दमक नगरपालिका–८ बाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय अंकित कार्की र दमक नगरपालिका–७ का २८ वर्षीय अमन लिङफेक लिम्बु रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमबार राति डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवायल सहित दुबै जनालाई कार्कीको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीका सूचना अधिकारी/प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, ११:५८