झापाः कन्काई नगरपालिका–३ मा आज बिहान बसलाई मोटरसाइकलले ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीय ढावालाल राजबंशी रहेका छन् ।

मे १ क १४१ नम्बरको बसलाई मे ९ प ५५६४ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा आपस ठोक्किँदा मोटरसाइकलमा पछाडि चढेका राजबंशीको उपचारको क्रममा बि एण्ड सि अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भने घाइते भएका छन् । उनको सोही अस्पतालमै उपचार भइरहेको छ ।

दुवै सवारी साधन र बस चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १५:४७