झापाः बुद्धशान्ती गाउँपालिका–३ मा शुक्रबार बेलुकी बोलेरो जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

घाइते भएका उनलाई उपचारको लागि विर्तामोडमा रहेको बी एण्ड सी अस्पताल पठाइएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ ।

जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २८ गते शनिबार, ०९:०४