झापाः भद्रपुर नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित शनिबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का ३८ वर्षीय बम बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, चैत २, १२:२२