झापाः कन्काई नगरपालिका–४ कोटीहोममा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भो एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका २ का २३ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडक किनारमा रोकिराखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा को ३९ प ७५४ नम्बरको मोटरसाइकल ठोकिन पुगेको थियो । उक्त मोटरसाइकल उछिट्टीएर मे १ च ४२८१ नम्बरको कारमा ठोकिएको थियो । पछाडिबाट आएको मे ७ प ४६७१ नम्बरको मोटरसाइकल पुनः ट्रकमा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ७५४ नम्बरको मोटरसाइकलका चालक साहलाई अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।


यस्तै ४६७१ नम्बरको मोटरसाइकलका चालक घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः मंगलबार, मंसिर २४, १२:४२