झापाः दमक नगरपालिका–४ मा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो आपसमा ठक्कर खादा एम्बुलेन्सको पछाडीबाट आउँदै गरेको को ११ प ९५२५ नम्बरको मोटरसाइकल र को २५ प १९३३ नम्बरको स्कुटर समेत ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अटो चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको हो ।


दुर्घटनामा परी घाइते भएका अटोमा आएका २ जना र मोटरसाइकल चालकको उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ५ गते सोमबार, १७:२२