झापाः दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिकै आइतबार राति सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । मृतककको सनाखत हुन सकेको छैन ।

खुल्न नसकेको सवारी साधनले पुरुषलाई ठक्कर दिँदा उनको मृत्य भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १०:५६