झापाः दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक पुर्व–पश्चिम राजमार्गमा बिहीबार राति स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक दमक नगरपालिका–८ बस्ने ५० वर्षीय इन्द्र भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०१–१३ प ८७६६ नं. को मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ९ प ६२१९ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाइते भएका भुजेलको उपचारको लागी लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


यस्तै, मोटरसाइकल चालक दमक नगरपलिका–४ बस्ने अन्दाजी २५ वर्षीय संजोक सुन्दास घाइते भएका छन् । उनको बिर्तामोडस्थित
बी एण्ड सी अस्पतालमा उपचार भई रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । यस घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भई रहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, ०७:३१