काठमाडौंः झापा र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–५ बस्ने २७ वर्षीय सोमनाथ गौतम समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, उदयपुरमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाट बस्ने ४३ वर्षीय सूर्य बिश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


विश्वकर्माले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १४:३५