काठमाडौंः प्रहरीले झापा र मोरङबाट विभिन्न पटाका बरामद गरेको छ ।

झापाको कचनकवल गाउँपालिका–४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका आज बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटकाहरु ल्याउदै गरेका व्यक्तिहरु सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरीलाई देखी उक्त पटाका फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

यसैगरी, मोरङको सुनबर्सी नगरपालिका–८ सिक्टी बजारबाट खोर्सानि बम २ पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका १ प्याकेट बुधबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको गस्ती टोलीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साईकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।


फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १९:४२