बाँकेः झारफुक गर्ने बहानामा दुई जनालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

महमदले ती महिलाहरुलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शुक्रबार, भदौ १२, २०७७, १५:४९