काठमाडौंः टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अर्को साता वासिङ्टनको भ्रमण गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अर्को साता टर्कीका राष्ट्रपति एर्डोगानले वासिङ्टनको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिए । उनले ह्वाइट हाउसमा एर्डोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने बताए ।

उनले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकूहरु भागे पनि उनीहरुलाई पुनः पक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्डोगानले जानकारी गराएको पनि बताए ।


टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्की विरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसदले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने अन्यौल बढेको थियो ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, १२:४६