पोखराः पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच आज प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा हुने पुरुषतर्फको उपाधिका लागि आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

त्यस्तै, महिलातर्फको फाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टिमको फाइनल खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

उपाधिका लागि कोर्ट उत्रदा दुबै जित निकाल्ने योजनामा हुनेछन् ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।


यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, ०९:५९