काठमाडौंः लमजुङका ३५ वर्षीय रितेश लोहनीले स्वदेशमा दशैं नमनाएको १३ वर्ष भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, उनी साउदी अरबको व्यापारिक सहर जेद्दामा कार्पेन्टरको काम गर्छन् ।

६० कटेका बुबाआमा, श्रीमती र १० वर्षकी छोरी बेंसीसहरमा बस्छन् । उनीहरु हरेक वर्ष रितेशको पखाईमा हुन्छन् । ‘साउदीमा पाइला राखेदेखि टीका लगाउन पाइएको छैन,’ उनले भने, ‘अहिले त बानी परिसक्यो ।’

मुस्लिम धर्मावलम्वीको प्रमुख तीर्थस्थल मक्का–मदिना रहेका मुलुकमा कार्यरत लोहनीले आफ्नो संस्कृति, चाडपर्व र धर्मको महत्त्व साउदीमै थाहा पाए । ‘मलाई नेपालमा रहँदा आफ्नो चाडपर्व लहडमै मनाइएछ भन्ने लाग्यो ।


। यसले परिवार, आफन्त र साथीभाइबीचको सम्बन्ध कसरी बलियोसँग जोड्छ भन्ने साउदीमै आएर थाहा पाएँ,’ उनले भने, ‘रैथाने संस्कृति र पर्वको महत्त्रव थाहा पाउन साउदीमै आउनु पर्दाेरहेछ ।’ अहिले दशैंतिहार मान्न मन हुँदा टिकट नपाएर घर फर्कन नपाएको रितेहले बताए ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०६:५६