मुस्ताङः मुस्ताङको स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुघर्टनामा १३ जना घाइते छन् ।

मृत्यु हुने १९ मध्ये मध्ये १५ को सनाखत भएको र घाईते १३ को उपचारका लागि लागि हेलिकप्टरबाट जोमसोम, पोखरा र काठमाडौं पठाइएको हो ।

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

जोमसोम लोमान्थाङ सडक निर्माणमा खटिएका मजदुरचढेको बा २ क २२१९ नम्बरको टिपर बेनी-जोमसोमको कोरला सडक खण्डअन्तर्गत लो घ्याकर दामोदर कुण्ड-३ स्थित स्याङ्बोचेमा करिबसाढे१ बजे सडकबाट तल खसेको हो। प्रहरीका अनुसार टिपरमा ३२ जना सवार थिए।

टिपर सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।


प्राप्त १५ मृतकहरुको नामावली

१, वर्ष २३ – धादिङ, सुजन घलान ९चालक०
२, वर्ष २८ – रोल्पा, सुकमान रोका
३, वर्ष ३० – दाङ, बालकुमार घर्ती
४, वर्ष २५ – दाङ, कमल बुढा
५, वर्ष २२ –  कैलाली, बिन्ती घर्ती
६, वर्ष ३२ – रोल्पा, रामकुमार पुन
७, वर्ष ३५ – कपिलवस्तु, कमानसिंह रोका
८, वर्ष ३१ – दाङ, कविता घम
९, वर्ष १९ – रोल्पा, महेश रोका
१०, वर्ष ३५- दाङ, सुवेर चौधरी
११, वर्ष २३ – कैलाली, बिनिता घर्ती
१२, वर्ष २४ – स्याङ्जा, कृष्ण क्षेत्री
१३, वर्ष ३२ – रोल्पा, सोन्तु घर्ती
१४, वर्ष ४३ – दाङ, शान्ती थापा
१५, वर्ष २० – सिन्धुली, जीवन माझी