काठमाडौं: गोलभेंडाको पात खन्ने टुटा किरा नियन्त्रणका लागि सरकारी निकायबाट प्रयास सुरु भएको छ । कृषि, भुमीव्यवस्थातथा सहकारी मन्त्रालय, कृषिविभाग तथा बाली संरक्षण निर्देशनालय हरिहरभवन र क्यावी प्लान्टवाईज कार्यक्रम अन्तर्गत संयुक्त रुपमा काठमाडौं,ललीतपुर, भक्तपुर र काभ्रे गरि चार जिल्ला समेटिने चेतना मुलक कार्यक्रम सुरु गरेको हो । सम्पुर्ण सरकारी निकायहरु बिच समन्वय गर्दै यसलाई देशव्यापी रुपमा लैजाने उनिहरुको लक्ष्य रहेको छ ।

साउथ अमेरिकाबाट फैलन सुरु गरेको यो किरा विभिन्न देश हुँदै वि.सं. २०७३ सालमा नेपाल भित्रिएको हो । सुरुमा काठमाडौंको काभ्रेस्थलीमा देखा परेको यो किराले मध्यपहाडी क्षेत्रका अधिकांश गोलभेंडा खेतीगरिने क्षेत्रहरुमा अत्यन्त बढि क्षती पुर्याईरहेको छ ।


। यो कीरा व्यवस्थापन एउटा मात्र उपाय अवलम्वनले नियन्त्रण गर्ने देखिएपछि बाली संरक्षण निर्देशनालयले व्यापक जनचेतनात्मक कार्यक्रमको सुरु गरेको हो । यसका साथै बिरुवामालाग्ने विभिन्न रोग, कीराहरुको पहिचान र यसको व्यवस्थापनका लागि कृषकहरु साथै अन्य सरोकारवालाहरु माव्यापक रुपमा जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । यसमा विभिन्न बालीहरुमा लाग्ने रोग तथा कीराहरु मध्ये कुनै एक विषयमा कृषकहरुलाई जानकारी दिदै सम्वन्धीत बिषय विज्ञहरु जाने अन्तरक्रिया गर्ने गरिरहेका छन् । बाली संरक्षण निर्देशनालय, हरिहरभवनले किरा नियन्त्रणका लागि नि:शुल्क तथा अनुदानमा विभिन्न उपकरणहरु उपलब्ध गराउँदै आईरहेको छ ।

‘विश्वभरि नै महामारीको जस्तै रुपमा फैलिएको यो किरा गोलभेंडाका लागि एक प्रकारको घातक रोग हो, यसलाई समयमै नियन्त्रण गर्न नसके कृषकले गोलभेडा उत्पादन गर्नसक्ने अवस्था नै रहँदैन’ त्यसकारण नेपाल मात्र नभएर अन्तराष्ट्रिय समुदायले पनि यो कदम सुरुगरिसकेको विज्ञ शालिकराम अधिकारीले बताए ।

साथै उनले यो किरा नियन्त्रणका लागि सरकारि तबरबाट सञ्चालन भएका कार्यक्रममा सामेल मात्र नभएर कृषक आफै सचेत बन्न आवश्यक रहेको बताउँदै बालीबिरुवाका रोग कीराहरु पहिचान, व्यवस्थापनएवं विषाधीहरुको प्रयोग न्यूनीकरण गर्नका लागि आम जनमानसमा ब्यापक चेतनाजगाउने यस प्रकारको कार्यक्रम नयाँ अवधारणा रहेको पनि अधिकारीले जानकारी गराए ।

-आशिष पौडेल