काठमाडौंः पछिल्लो समयको सर्वाधिक हिट गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री (हाउडेमाया) र गायक टेक अधिकारी स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छ ।
टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल,देव बराल, फरिता खड्का लगायतको अभिनय रहेको छ ।
गीतको भिडियो एक्सन फिल्म्सको अफिसियल युट्युबबाट सार्बजनिक गरिएको छ ।
करिब डेड दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडेमाया) सँगको सहकार्यमा ‘ओइ सानी’, ‘छडके तिलहरी’ लगायत गीतहरु आइसकेका छन भने उनको शब्द तथा संगीतमा आधुनिक, देशभक्ती र लोक तथा दोहोरी गरी दर्जनौं गीतहरु बजारमा आइसकेका छन् ।
।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, २१:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook