काठमाडौँ: भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा हतुवागढी–४ खैराङ बस्ने मिलन राईको ८ वर्षीया छोरी गुराँसको ज्यान गएको हो । हतुवागढी गाँउपालिकाको घोरेटारबाट होम्ताङ जाँदै गरेको को २ ह ७६८६ को टेम्पो पल्टिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा ज्यान गएको हो ।

घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः असोज २२, बुधवार, १७:५३