काठमाडौंः लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा टोटनह्यामलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनोले गोल गरे ।

खेलको ३७ औं मिनेटमा फिर्मिनोले गोल गरेको नै निर्णायक बन्यो ।

जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । दोस्रो स्थानमा रहेको लेस्टरको ४५ तथा सिटीको ४४ अंक छ । टोटनह्याम ३० अंक सहित आठौं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २७, ०९:००