काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा टोटनह्यामले लज्जास्पद हार ब्यहोरेको छ ।

टोटनह्याम घरेलु मैदानमा मंगलबार राति जर्मन क्लब बार्यन म्युनिखसँग ७–२ को लज्जास्पद हार ब्यहोरेको हो ।

बार्यनका लागि सर्जी गनाब्रीले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै, रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटनह्यामका सन ह्युङ मिङ र ह्यारी केनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा मिङले गोल गर्दै टोटनह्यामलाई खेलमा अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोटनह्यामका किम्मिचले गोल गर्दै खेल बराबरीमा ल्याए । ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई खेलमा अग्रता दिलाए ।



५३ औं मिनेटमा बार्यनका गनाब्रीले गोल गर्दै ३–१ ले अघि बढाए ।

त्यसपछि ५५ औं मिनेटमा गनाब्रीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । टोटनह्यामका केनले ६१ औं मिनेटमा गोल गर्दै अन्तर ४–२ मा झारे । त्यसपछि बार्यनका लागि ८३ औं मिनेटमा गनाब्री, ८७ औं मिनेटमा लेवान्डोस्की र ८८ औं मिनेटमा गनाब्रीले गोल गरे ।

टोटनह्यामले आफ्नो क्लव १ सय ३७ वर्षको इतिहासमा पहिलो पटक सात गोल खाएको हो ।

जितसँगै समुह ‘बी’ मा बायर्नले ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । टोटनह्याम १ अंकसहित पुछारमा छ ।

मंगलबारै भएको समूहको अर्को खेलमा सर्वियन रेड स्टार बेलग्रेडले ग्रीसको ओलम्पियाकोसलाई ३–१ ले पराजित गरेको छ ।

जितसँगै रेडस्टार ३ अंक जोडेर दोस्रो स्थानमा छ । रेडस्टार १ अंकसहित तेस्रो स्थानमा छ ।

 


प्रकाशित मितिः बुधबार, असोज १५, ०९:३७