काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम बर्नेमाउथसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा टोटनह्याम बर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बर्नेमाउथको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।

खेलको अन्तिम समयमा बर्नेमाउथले एक गोल गरेको थियो । तर, भीएआरको सहायताबाट रेफ्रीले कलम विल्सनको गोललाई मान्यता दिएन् ।

विल्सनले गोल गर्नु अघि बर्नेमाउथका जोसुवा किङले ह्यान्ड गरेको कारण गोलले मान्यता नपाएको हो ।

बराबरीसँगै टोटनह्यामको ४९ अंक भएको छ । टोटनह्याम लिगको नवौं स्थानमा रहेको छ ।

बर्नेमाउथ २८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।



प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०८:३४