काठमाडौं: बिभिन्न समयमा नक्कली पेस्तोल देखाई पैसा असुली गर्ने एक टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाका अनुसार, महानगरी प्रहरी बृत महाराजगञ्जको टोलीले सोमबार गणेशस्थानबाट काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरिएको हो ।
गुरुङले नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, बसुन्धारा, सामाखुसी क्षेत्रका सर्वसाधारण, व्यापारी तथा होटेल व्यवसायीहरूबाट पैसा असुल्ने गरेका थिए।
गुरुङको साथबाट एक थान नक्कली पेस्तोलसमेत बरामद भएको छ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook