ललितपुरः ललितपुरको लामाटार क्षेत्रका स्थानीयबासीहरुले टोल सुधार समिति गठन गरेर विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन् भने बिभिन्न सरसफाईका गतिविधी गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको ९ नम्वर वडाको धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको प्रारम्भिक साधारणसभामा बक्ताहरुले व्यवस्थित शहर र टोल बनाउनको लागि प्रदुषण फैलाउने र वातावरणमा हानि गर्ने उद्योग, कल कारखानालाई बस्ति नजिक राख्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले लामाटार क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि टोल सुधार समितिको कृयासिलता आवश्यक रहेको बताए ।


। उनले स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जनाए ।

वडा कार्यालयले आफ्नो टोलको विकासमा ध्यान पुर्‍याउन नसकेकोले आफुहरु जागरुक भएको समितिका अध्यक्ष निरञ्जन पौडेलले बताए ।

स्थानीय समाजसेवी देवेन्द्र पौडेलले समितिको भवन निर्माण गर्नको लागि स्थानीय सुभद्रा पौडेलले जग्गा दिएकाले तत्काल भवन निर्माणमा जुट्ने बताए ।

नेकपाका नेता मोहन तन्डुकारले वडामा भएका सबै टोल सुधार समितिहरुबीच सहकार्यको आवश्यकता रहेको बताए ।

बिद्यापुञ्ज स्कुलका संस्थापक अध्यक्ष शिब न्यौपानेले कोभिड–१९ को बिरुद्ध जनचेतना जगाउने काम गरेको बताए ।

आगामी दिनमा आउनसक्ने बिपतहरुका बिरुद्ध तयारि अवस्थामा बस्ने पनि समितिले कार्ययोजना सार्वजनिक गरेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, २०:४७