दाङः तुल्सीपुर उपमहानगरपालिका–२ कुमलगढीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी रामग्राम नगरपालिका–१४ घर भई इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत प्रहरी जवान २७ वर्षीय जितेन्द्र चौधरी रहेका छन् ।

आज सवा १२ बजे हेकुलीबाट तुल्सिपुरतर्फ आउँदै गरेको रा १ त ७५७ नम्वरको ट्याक्टरले बिपरीत दिशाबाट जाँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



प्रकाशित मितिः आइतबार, असार ७, २०७७, १७:२९