मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१, चाइना क्वार्टरमा आज बिहान ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि चढेकी स्थानीय ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सीताको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालक सीताका श्रीमान ४५ वर्षीय शसि न्यौपाने भने घाइते भएका छन् ।



प्रकाशित मितिः शुक्रबार, असोज १७, १०:१०