बर्दघाटः नवलपरासीको बर्दघाट नजिकै रहेको एसमोडमा ब्रेक फेल भएको ट्रकको ठक्करबाट ४ सवारी साधनमा क्षति पुगेको छ ।

पूर्वबाट चामल बोकेर पश्चिम तर्फ जादैं गरेको ना १ ख १४०४ नम्बरको ट्रक ब्रेक फेल भई सडकमा गुडिरहेका अन्य ३ ट्रक र १ भ्यानलाई ठक्कर दिएको हो ।

ठक्करपछि केहि समय बन्द रहेको राजमार्ग सुचारु भइसकेको, ठक्करमा परेका सावरीसाधनलाई सडकबाट पन्छाई सकेको र कुनै पनि मानविय क्षति नभएको बर्दघाटका प्रहरी अम्बिका प्रसाद थारुले जनाएको छन् ।