धादिङः  बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका वडा नं. १ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । भने स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् ।

काठमाडौँतर्फ आँउदै गरेको बीआर ०६ जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नंको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ ।


दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, १३:४५