चितवनः शनिबार बिहान दुई ट्रक एकापसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ मा भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि ०५एबी ९४९४ नम्बरको डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नम्बरको ट्रक एकापसमा जुधेको हो ।

गम्भीर घाइते भएका भारतीय ट्रकका चालक पञ्जाब फेरेजपुर बस्ने ३५ वर्षीय सुकदेव सिंहको बिहान ६ः३१ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही ट्रक धनी र नेपाली ट्रकका चालक एवं सहचालकको उपचार भइरहेको छ भने उनीहरुको अवस्था चिन्ता जनक  रहेको  प्रहरीले जनाएको छ ।