बनेपा: काभ्रेको बनेपा- ५ स्थित र बिओपीमा बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।

सोमबार बिहान देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट ५० मिटर तल खसेर आगो लागेको थियो।

मृत्यु हुनेमा ट्रक सवार मण्डन देउपुर नगरपालिका-१२ की ४० वर्षीया लालिमाया तामाङ्ग रहेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको र अरू ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।