चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७३९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ४०६४ नम्बरको ट्रक शुक्रबार बिहान ७ः३० बजे एक आपसमा ठोकिदा दुर्घटनामा परि नौ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेपनि उनीहरुको सनाखत हुन नसकेको बताएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको र प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।