काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका थप दुई कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार ओक्लाहोमामा आयोजना गरिएको टुल्सा जुलुसमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि सोही जुलुसमा सहभागी भएका ६ जनालाई संक्रमण देखिएको थियो । योसँगै जुलुसमा सहभागी हुने ट्रम्पका ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १७:०६