काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदमुक्त गरेको छन् ।

बोल्टनसँग आफ्नो असहमति रहेको भन्दै ट्रम्पले पदमुक्त गरेका हुन् ।

ट्रम्पले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् ।

बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारबाट समय अघि नै हट्ने बोल्टन तेस्रो व्यक्ति हुन् । यसअघि मिसेल फ्लाइन र एचआर एमसीमास्टरलाई ट्रम्पले हटाएका थिए ।

सुरुका दिनमा दुईबीच खासै विवाद नदेखिए पनि ट्रम्पका पछिल्ला विदेश नीतिप्रति उनी असहमत थिए ।


सन् २०१८ को अप्रिलमा ट्रम्पले बोल्टनलाई सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, ११:३२