काठमाडौः अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच २०१८, जुन १२ सिंगापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको छ।

राष्ट्रपति ट्रम्प र नेता किमबीच अमेरिका र उत्तर कोरियाबीच नयाँ र दिगो सम्बन्धका स्थापित गर्नुका साथै कोरियन प्रायद्वीपमा शान्ति स्थापनाका लागि बृहत् छलफल भएको छ। राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा प्रादन गर्नका लागि आफू कटिबद्ध भएको बताए भने नेता किमले पनि आणविक निःशस्त्रीकरणमा आफू पूर्णररूपमा प्रतिबद्ध रहेको बताए।

अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध विस्तार भएसँगै त्यसले कोरियन प्रायद्वीपमा मात्रै नभई विश्वमा नै शान्ति स्थापनाका हुनेमा दुवै देशका नेता विश्वस्त भएको र त्यसलाई आत्मसात गरेर आपसी विश्वास बढाएमा कोरियन प्रायद्वीपको आणविक निःशस्त्रीकरण अगाडि बढ्ने भएकाले राष्ट्रपति ट्रम्प र नेता किमबीच तल उल्लेख गरिएका चार बुँदामा सम्झौता भएको सीएनएनले उल्लेख गरेको छ ।


१– अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धिका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने।
२– अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्विपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने।
३– २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्विपको पूर्ण आणविक निःशस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने।
४– अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहररूलाई दुवै देशले क्रमशः रिहा गर्ने। पहिचान भइसकेका बन्दीहररूलाई भने तुरुन्तै रिहा गरिने।

डोनाल्ड जे ट्रम्प
अमेरिकी राष्ट्रपति

किम जोङ उन
प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता
—सीएनएन