काठमाडौंः विश्वले चासोका साथ हेरेको अमेरिका तथा उत्तर कोरियाका सर्वोच्च नेताबीचको वार्ता टुंगिएको छ । यनीहरूबीच सिंगापुरको क्यापेल होटलमा लगभग ५० मिनेट वार्ता भएको थियो । वार्ता फदायी भएको दुवै नेताले बताएका छन् । वार्ता सकिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बृहत्ु सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्तापछि दुई नेताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई नेताले हस्ताक्षर भएको सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।


। हस्ताक्षरपछि ट्रम्पले आणविक निसशस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको वार्तापछि विशेष सम्बन्ध स्थापित भएको बताएका छन् । यसले उत्तरसँगको अमेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने उनले बताएका छन् ।

हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं, ट्रम्पले भने– यस उपलब्धिबाट विश्वका सबै मानिस धेरै खुसी हुनेछन् । — एजेन्सी