काठमाडौंः अमेरिकामा राष्ट्रपतिय निर्वाचन हुन १२ दिन बाँकी छँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले चुनावअघिको अन्तिम बहस गरेका छन् ।

टेनेसी राज्यको नास्भिलमा भएको उक्त बहसको लागि तोकिएका बिषयमा कोभिड–१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व थिए ।

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड–१९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोधेकी थिइन् ।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भने:’हामीसँग खोप छ ।


। त्यो आउँदैछ । त्यो तयार भइसकेको छ । त्यो केही सातामै घोषणा हुँदैछ ।’

२ सय जति मात्र मानिसहरू बसिरहेको बहस हलमा यसपटक आयोजकले त्यहाँ उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका थिए ।

ट्रम्पका प्रतिस्पर्धी बाइडनलाई पनि सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि पहिलो प्रश्न सोधिएको छ ।

कोरोना भाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर जवाफ दिएका बाइडनले भने, ‘म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु ।’


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १५:४३