ट्रयाक्टरबाट लडेर १५ वर्षिय बालकको मृत्यु








सप्तरी: ट्र्याक्टरबाट लडेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको नगरपालिका–३ मा तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिँदै गर्दा बीचबाटोमै मुत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




ताजा समाचार


विशेष समाचार