काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८ सय ८३ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय १ जना, लेन उल्लंघन गर्ने ६ जना, ट्याक्सी र कार भाडामा मोलमोलाई गर्ने १ सय ६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १६ जना, टिपर कारबाहीमा ६ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ७४ जना, ब्हील लकबाट १२ जना र अन्य ५ सय ६२ जना गरी जम्मा ८ सय ८३ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बिहीबार २४ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते र ११ जना सामान्य घाइते भएका छन् ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०८:३८