काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ७० सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३ जना, लेन उल्लंघन गर्ने १ सय ८१ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३६ जना, टिपर कारबाहीमा २३ जना, सिसिटिभीमार्फत कारबाही ६२ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ७१ जना, अनावश्यक हर्न बजाउने ३५ जना, ब्हील लकबाट १ सय ५ जना र अन्य ८ सय २० जना गरी गरी जम्मा १ हजार ५ सय ७० सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार ३५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् भने २० जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शुक्रबार १९ हजार ७ सय ४६ सवारी साधनबाट १ लाख ४३ हजार ९ सय ३४ जना काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार २ सय १६ सवारी साधनबाट ९९ हजार ६ सय ४० जना बाहिरिएका छन् ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०७:४९