काठमाडौंः काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ३० सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३१ जना, लेन उल्लंघन गर्ने १४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १३ जना, टिपर कारबाहीमा २१ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ९ जना, अनावश्यक हर्न बजाउने २६ जना, ब्हील लकबाट ३८ जना र अन्य ७ सय ७८ जना गरी गरी जम्मा १ हजार १ सय ३० सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शनिबार ४३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् भने १६ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शनिबार १९ हजार १ सय ९२ सवारी साधनबाट १ लाख ३२ हजार २ सय ३७ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १४ हजार ८ सय ४८ सवारी साधनबाट ९७ हजार ३७ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०८:०५